• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » बर्दिवासकाे चारकाेशेमा दिउसै याैनलिला बढ्दो
बर्दिवासकाे चारकाेशेमा दिउसै याैनलिला बढ्दो

बर्दिवास, २० माघ । पूर्व–पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने वन क्षेत्रमा यौन क्रियाकलाप बढ्न थालेको भन्दै स्थानीयवासीले नियन्त्रण गर्न आग्रह गरेका छन् । राजमार्गको जिल्लामा पर्ने वनक्षेत्रमा १०/१२ ठाउँमा विभिन्न खालका पसल सञ्चालनमा आएर बढेको चहलपहलसँगैै जोडी युवायुवतीको आगमन ह्वात्तै बढेको नजिकैका गाउँबस्तीका बासिन्दाको भनाइ छ । राजमार्गको जिल्लामा पर्ने बर्दिवासदेखि बाँके पुलसम्मको २० किलोमिटर क्षेत्रको वनक्षेत्र यौन क्रियाकलाप धेरै हुने गरेको वनक्षेत्रसँगै जोडिएको खयरमारा बस्तीका ६५ वर्षीय चन्द्रलाल लोप्चनले बताउनुभयो । 

वनक्षेत्रका माइस्थान, वनपथ, लक्ष्मीनियाँ, गणन्ता, टुटेश्वरचोक, खयरमाराचोक, गौशालाचोक, कान्तिबजारचोक, मरहापुल र बाँकेलगायतका एक दर्जन चोकमा अचेल दिनहुँ २० औं जना जोडी युवायुवती यौन क्रियाकलापकै लागि आउने गरेको त्यस ठाउँमा पसल सञ्चालन गरेर बसेका साना व्यापारी बताउँछन् । बर्दिवासबाट पश्चिम जाँदा र पश्चिमबाट बर्दिवासतिर आउँदा लालबन्दीबाट वनक्षेत्र ओर्लने थुप्रै युवायुवतीका जोडी हुने गरेको जनकपुर वीरगञ्ज रुटको बसका सहचालककोे भनाइ छ । 

खासगरी शनिबारका दिन जोडी युवायुवतीको सङ्ख्या निकै बढ्नुले यीमध्ये कलेजमा पढ्ने विद्यार्थी पनि हुनसक्ने सहचालककोे अनुमान छ । सुरक्षित उपायबिना नै शारीरिक सम्बन्ध राख्नेहरू एचआइभी र यौनजन्य रोगको चपेटामा पर्नसक्ने सम्भावना रहेको नेपाल परिवार नियोजन सङ्घका प्रबन्धक धिरज पौडेलको भनाइ छ । वनक्षेत्रमा पुग्ने गरेका प्रेमीजोडी स्वास्थ्यक्षेत्रमा कार्यरत सामाजिक सङ्घ संस्थाका प्रतिनिधिसँग कण्डमको कुरा गर्न लाजमान्ने गरेका पाइएको छ । 

यौन व्यवसाय नै रोजेका यौनकर्मी महिला स्वास्थ्य सचेतनामा सजग पाइएका भए पनि ग्राहकले कण्डमको प्रयोगमा अनिच्छा देखाउँदा कण्डमको प्रयोगबिना नै शारीरिक सम्बन्ध बनाउन बाध्य हुने गरेको उनीहरुको गुनासो छ । यता जिल्लास्थित प्रहरी प्रशासनले भने यस्ता खालका गुनासा आफूहरु समक्ष नआएको जनाएका छन् । रासस

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State