• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » रङ्गेली र डायनिया हत्या घटनाको अनुसन्धान सुरु
रङ्गेली र डायनिया हत्या घटनाको अनुसन्धान सुरु

फागुन ३, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मोरङका रङ्गेली र डायनियामा सुरक्षा कारबाहीका क्रममा गत माघ ७ गते तीन जना सर्वसाधारण मारिएको घटनाको सम्बन्धमा अनुसन्धान प्रारम्भ गरेको छ । आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी अनुसन्धान टोलीले घटनास्थलको निरीक्षण गर्नाका साथै प्रजिअ, सुरक्षा निकायका प्रमुख र साक्षीसँग छुट्टाछुट्टै रुपमा घटना सम्बन्धमा बयान लिने लगायत कार्य गरिरहेको जनाउनुभएको छ । टोलीमा आयोगका प्रवक्ता मोहना अन्सारी, सदस्य गोविन्द शर्मा पौड्याल, क्षेत्रीय निर्देशक र अधिकृत छन् ।सो दिन गोली लागेर रङ्गेली–४ चोपडा टोलकी ६० वर्षीया द्रौपदीदेवी चौधरी, बरडङ्गा–२ का महादेव ऋषिदेव र डायनिया–९ का शिवु माझीको मृत्यु भएको थियो । रासस

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State