• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, News, Politics » दिल्लीस्थित नेपाली दूतावास घेराउ, दुई देशबीचको सम्बन्ध अहिले सम्मकै कमजोर
दिल्लीस्थित नेपाली दूतावास घेराउ, दुई देशबीचको सम्बन्ध अहिले सम्मकै कमजोर

फागुन १०,काठमाडौं। भारतीय नेता तथा बुद्धिजीविहरुले नेपाल–भारतबीचको सम्बन्ध अहिलेसम्मकै कमजोर भएको बताएका छन् । भारतको नयाँदिल्लीस्थित गान्घी प्रतिष्ठानमा भारत–नेपाल मैत्री संघले गरेको ‘नेपालमा चलिरहेको आन्दोलनमा भारतको भूमिका’ विषयक कार्यक्रममा उनीहरुले नेपाल र भारत सरकारको गलत रवैयाका कारण दुई देशबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा कमजोर भएको दावी गरेका हुन् ।

दिल्ली र काठमाडौंका अदूरदर्शी नीतिका कारण नेपाल–भारतको सम्बन्ध प्रगाढ हुन नसकेको भन्दै उनीहरुले नेपालमा भइरहेको मधेस आन्दोलनको समयमा सम्बोधन नभएका कारण सीमामा तनाव उत्पन्न भएको निष्कर्ष पनि निकालेका छन् । नेपालप्रति भारत सरकारको भुमिका रचनात्मक नभएकाले मधेसको माग सम्बोधन हुन नसकेको उनीहरुको भनाइ छ । कार्यक्रममा बिहार र उत्तरप्रदेशका सांसद, विधायक, नेपालका जानकार बुद्धिजिवी तथा सञ्चारकर्मीहरुले उक्त धारणा राखेका हुन् । साथै मधेशको माग पूरा गराउन भन्दै सोमबार भारतीय नेताहरुले दिल्लीस्थित नेपाली दूतावास घेराउ गरेका छन् ।

Labels: Articles, BreakingNews, international news, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State