• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Literature, News » नेपाली एबम हिन्दी चलचित्रमा नृत्य निर्देशन गरेका रायमाझीको निधन
नेपाली एबम हिन्दी चलचित्रमा नृत्य निर्देशन गरेका रायमाझीको निधन

माघ २०, काठमाडौं । नेपाली चलचित्रका नृत्य निर्देशक बसन्तजंग रायमाझीको निधन भएको छ । वि.स. १९९० असार १८ गते नवलपरासीमा जन्मिनु भएका नृत्य निर्देशक रायमाझीको ८२ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । लामो समयदेखि पक्षघातबाट ग्रसित उहाँको काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । 

उहाँले युगदेखि युगसम्म, सीमाना, अवतार, पृथ्वी, सिन्दुर, जीवन रेखा लगायतका चलचित्रमा नृत्य निर्देशन गर्नु भएको छ । उहाँले नृत्य निर्देशन गरेका मध्ये कान्छी हे कान्छी तथा सीमाना चलचित्रको उकाली ओराली भन्ने गीत निकै चर्चित छन् । लामो समय बलुउडमा नृत्य निर्देशकको रुपमा काम गर्नु भएका उहाँ पछि नेपाल फर्किनु भएको थियो । 

उहाँले राजेश खन्ना अभिनित चलचित्र आपकी कसम तथा अभिताभ बच्चन अभिनित चलचित्र जमिरमा नृत्य निर्देशकको रुपमा काम गर्नु भएको थियो । उहाँले नाताले भान्जा पर्ने नायक राजेश हमाललाई युगदेखि युगसम्म मार्फत नेपाली चलचित्रमा ल्याउनु भएको हो । उहाँले करिश्मा मानन्धर, जल शाह तथा धिरेन शाक्यसहितका कलाकारलाई चलचित्रमा आउनु अघि नृत्य सिकाउनु भएको थियो । उहाँको बुधबार नै अन्तिम संस्कार गर्ने तयारी छ ।

Labels: Articles, BreakingNews, Literature, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State