• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, News » उत्तर कोरिया भूउपग्रह प्रक्षेपण तयारी, नष्ट गरिदिने जापानको चेतावनी
उत्तर कोरिया भूउपग्रह प्रक्षेपण तयारी, नष्ट गरिदिने जापानको चेतावनी

माघ २०, उत्तर कोरिया । उत्तर कोरियाले चाँडै नै भूृउपग्रह प्रक्षेपण गर्ने जनाएपछि जापानले सुरक्षा सतर्कता बढाएको छ । जापानले आफ्ना सैनिकलाई सतर्क अवस्थामा रहन निर्देशन दिएको छ । 

 उत्तर कोरियाले भूउपग्रह प्रक्षेपण गरेमा त्यसलाई तत्काल नष्ट गरिदिने पनि जापानले चेतावनी दिएको छ । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघलाई आफूले चाँडै नै भूउपग्रह प्रक्षेपण गर्न लागेको जानकारी दिएको थियो । 

दक्षिण कोरियाले भने उत्तरले भूउपग्रह प्रक्षेपण गरेमा त्यसको गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको जनवरी ६ मा हाइड्रोजन बमको सफल परीक्षण गरेको उत्तर कोरियाले फेब्रुअरी ८ देखि २५ भित्रमा भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ । 

यसपछि अमेरिकाले उत्तर कोरिया विरुद्धको प्रतिबन्ध थप कडा बनाउन राष्ट्रसंघसँग आग्रह गरेको छ । मिसाइल प्रक्षेपणको विषयमा अहिले पनि उत्तर कोरियाले राष्ट्रसंघको प्रतिबन्ध खेप्दै आएको छ । उत्तरले भने लामो दूरीमा मार हान्न सक्ने परमाणु क्षमतालाई बलियो बनाउन भूउपग्रह प्रक्षेपण गर्न लागेको जनाएको छ ।

Labels: Articles, BreakingNews, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State