• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, Literature, News » बलिउड अभिनेत्री प्रियंकाले ओस्कारमा अवार्ड प्रदान गर्ने
बलिउड अभिनेत्री प्रियंकाले ओस्कारमा अवार्ड प्रदान गर्ने

माघ १९, काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा निकै सफल मानिन्छिन् । अभिनयमा मात्रै नभई उनले अफूलाई गायन क्षेत्रमा पनि स्थापित गरेकी छिन् । उनको चर्चा अहिले हलिउडमा प्रवेश गरेसँगै अझ बढेको छ । 
गएको वर्ष क्वान्टिको टिभी सिरिजबाट हलिउडमा सबैभन्दा ठूलो प्रभाव पार्न सफल भएकी प्रियंका चोपडाले फेरि अर्को सफलता हात परेकी छन् । २८ फेब्रुअरीमा हुने ८८ औं संस्करणको ओस्कार अवार्डमा प्रियंका पनि अवार्ड प्रदान गर्ने सूचीमा परेकी छन् । 

उनले अवार्ड कार्यक्रममा दिइने अवार्ड मध्ये कुनै एक अवार्ड प्रदान गर्ने छिन् । ओस्कार अवार्ड समारोह नजिकिँदै गर्दा ओस्कारले निकालेको पुरस्कार र प्रस्तुति दिने सूचिमा प्रियंका पनि अटाएकी हुन् । योसँगै हलिउडमा प्रियंका लोकप्रिय स्टार बनिसकेको प्रमाणित भएको छ । केहि दिनअघि भएको साग अवार्डमा पनि प्रियंकाले अवार्ड प्रदान गरेकी थिइन् । साग अवार्डमा उनले पिपुल्स च्वाइस अवार्ड पाएकी थिइन् । चलचित्र बर्फि, मेरी कोम, कामिनीबाट निकै चर्चा बटुलेकी प्रियंका पछिल्लो पटक चलचित्र बाजिराव मस्तानीबाट झन् लोकप्रिय बनेकी छिन् ।

Labels: Articles, BreakingNews, international news, Literature, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State