• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, News » नेपालसंग चाईनाको यस्तो छ गोप्य माग ! हितमा छ त ?
नेपालसंग चाईनाको यस्तो छ गोप्य माग ! हितमा छ त ?

फागुन १६, काठमाडौं । नेपाल र चीनका वरिष्ठ सुरक्षा अधिकारी सम्मिलित द्विपक्षीय बैठक आइतबार यहाँ सम्पन्न भयो । परराष्ट्र मन्त्रालयमा भएको उक्त बैठकमा नेपालले चीनको राष्ट्रिय स्वार्थमा आघात हुने कुनै किसिमका गतिविधि नेपाली भूमिबाट हुन नदिने र एक चीन नीतिप्रतिको प्रतिबद्धता पेस गरेको थियो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका परराष्ट्र मन्त्रालय, उत्तरपूर्व एसिया महाशाखाका प्रमुख झवीन्द्र अर्यालका अनुसार बैठकमा नेपाल–चीन सीमा सुरक्षा लगायत पारस्परिक सम्बन्धका सबै विषयमा छलफल भएको थियो । 

बैठकमा चिनियाँ पक्षले मार्च महिनामा चीनमा धार्मिक, सांस्कृतिक एवम् विविध उत्सव परेकाले चीन विरोधी गतिविधि हुन नदिन नेपाली सुरक्षा अधिकारी विशेष सजग रहनुपर्नेमा जोड दिएको थियो । बैठकमा चिनियाँ पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका बाह्य सुरक्षा मामिलासम्बन्धी महानिर्देशक ल्यु गोआङ्यानले गरेका थिए भने साथमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलगायत ११ जनाको सहभागिता थियो । बैठकमा नेपालबाट परराष्ट्र, गृह, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चअधिकारीहरुको सहभागिता रहेको थियो ।
-काठमाडौं टुडेबाट 

Labels: Articles, BreakingNews, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State