८० मेगावाट बिजुली एक हप्तामानै गायब, जिब्रो चपाउँछन् कार्यकारी निर्देशक
फागुन ११, काठमाडौं । ८० मेगावाट बिजुली कहाँ गयो ? अब लोडसेडिङ घट्छ कि घट्दैन ? भन्ने जि ज्ञासा राख्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्रस्ट जवाफ दिएनन् ।काफ्लेले भने, ‘ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट दैनिक रुपमा ७०–७५ मेगावट विद्युत आइरहेको छ । त्यसलाई हेटौंडा पूर्व वितरण गरिरहेका छौं ।
’ हेटौंडापूर्व हेटौंडा औद्योगिक क्षेत्र, बारा –पर्सा करिडोर, मोरङ –सुनसरी करिडोरलगायत ठूला औद्योगिक क्षेत्र भएका स्थानहुन् । भारतबाट आयात गरिएको विद्युत हेटौंडा पूर्वका उद्योगमा आपूर्ति गरिएको हुन सक्ने प्राधिकरणका कर्मचारीको अनुमान छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


0 comments
Write Down Your Responses