सोलुखुम्बुमा ट्रक दुर्घटना, ३ को मृत्यु, १ घाइते
फागुन ११, सोलुखुम्बु । सोलुखुम्बुको तिङलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चालक इन्द्र तामाङ घाइते भएका छन् ।
काठमाडौंबाट सोलुखुम्बु मुक्लीका लागि छुटेको ना २ ख ५५४४ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा मुक्ली-१ सोलुखुम्बुका भीमबहादुर बस्नेत र छत्रबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु भएका अर्का एक जनाको भने सनाखत भएको छैन ।
दुर्घटनामा घाइते भएका ट्रक चालक तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।


0 comments
Write Down Your Responses