स्व. कोइरालाको अन्तिम अस्तु विसर्जन, देशभर नेपाली कांग्रेसले श्रद्धाञ्जली सभा गर्ने
काठमाडौं, ९ फागुन । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाको अस्तुलाई पवित्र नदीहरुमा विसर्जन गरिएको छ ।
गएको माघ २६ गते निधन भएका कोइरालाको आइतबार १३ औं दिनको पुण्यतिथिको अवसर पारेर अस्तुलाई विसर्जन गरिएको हो ।
पार्टीले नेपालको ७५ जिल्लाकै पवित्र नदीहरुमा स्व. कोइरालाको अस्तु विसर्जन गर्ने निर्णय गरेको अनुसार आइतबार विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुले उनको अस्तुलाई बोकेर जिल्लामा रहेका पवित्र नदीमा विसर्जन गरि रहेकाछन् ।
आइतबार मुलुकभर श्रद्धाञ्जली कार्यक्रम गर्दै अस्तु विसर्जन गर्ने कार्य भएको कांग्रेसले जनाएको छ ।


0 comments
Write Down Your Responses