• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News, Politics » सिरहाकाे विष्णपुरकट्टीमा भिषण अागलागी : दर्जनाै घर जलेर नष्ट: उद्धार कार्य जारी
सिरहाकाे विष्णपुरकट्टीमा भिषण अागलागी : दर्जनाै घर जलेर नष्ट: उद्धार कार्य जारी

फागुन ९, सिरहा । विष्णपुरकट्टी गाविस–१, भर्नैनीमा अहिले भीषण आगलागी भएको छ । आगलागीका कारण दर्जनौँ घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीका अनुसार आगलागी नियन्त्रणमा लिन सयौँको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । 

स्थानीयवासीले पनि नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । लहान नगरपालिकाको वारुणयन्त्र पनि त्यहाँ पुगिसकेको छ । तर अझै आगलागी नियन्त्रणमा आउन सकेका छैन । तेज गतिमा हावा चलेका कारण आगलागी नियन्त्रणमा लिन कठिनाइ भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिँदै सप्तरी र धनुषाबाट समेत दमकल बोलाइएको बताउनुभयो । आगलागीको विस्तृत विवरण आउन बाँकी छ ।

Labels: BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State