भुकम्पपछि सिन्धुपाल्चोकमा मात्र १३ जना बलात्कृत-कोको र कसरी भए त?
फागुन १२, चौतारा । सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछिको दश महिनामा १३ जना बलात्कारको सिकार भएका छन् । बलात्कृतमध्ये पाँच बालिका छन् । बलात्कार आरोपमा १३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा मुद्दा दर्ता भएको छ । ०७२ जेठ २९ गते भोेताङको छिम्ती–१ बाट १५ वर्षीया बालिका बलात्कृत भइन् ।
राति ९ बजे उनलाई सोही गाविस बस्ने ५० वर्षीय ठेगा तामाङले जबर्जस्ती करणी गरेका थिए । त्यस्तै जिल्लाको ठूलोसिरुबारी–३ बस्ने ५२ वर्षीय रामकृष्ण भन्ने कृष्णबहादुर गिरीबाट सोही स्थानकी १३ वर्षीया बालिका घरको टहरोमा बसिरहेको अवस्थामा बिहान ११ बजे आफ्नै घरमा बलात्कृत हुन पुगिन् । ठोकर्पा–३ मा रातको १२ बजे आफ्नै घरको टहरोबाट १४ वर्षीया बालिकालाई ३५ वर्षीय रामशरण पहरीले बलात्कार गरे ।
साँगाचोक–९ बस्ने २४ वर्षीय कोचम्फे भन्ने सरोज माझी र भोटसिपा–५ बस्ने ३६ वर्षीय पल्ले भन्ने सानो कुँवरले १४ वर्षीया भिन्नाभिन्नै दुई बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । सिन्धुपाल्चोक जिल्लामा जबर्जस्ती करणी प्रमुख समस्याका रुपमा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको विभिन्न ठाउँबाट विभिन्न मितिमा अन्य आठजना युवती तथा महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको बाह्रबिसे–३ बस्ने २७ वर्षीय अनिल थापा, भोटेचौर–४ बस्ने ३९ वर्षीय मोहनबहादुर तामाङ, इचोक–२ बस्ने ३२ वर्षीय मानबहादुर तामाङ, फुल्पिङकोट ६ बस्ने १८ वर्षीय सानुलामा योञ्जन, चोकटी–७ बस्ने ४६ वर्षीय माइला भन्ने बेदबहादुर राउत, घोर्थली–३ बस्ने २३ वर्षीय पूर्णबहादुर थामी, इचोक–७ बस्ने ५९ वर्षीय मानबहादुर पण्डित र बाँडेगाउँ–४ बस्ने २६ वर्षीय रमेश माझीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तमध्ये केहीको फैसला भइसकेको र केहीको बाँकी रहेको प्रहरीले जनाएको छ ।
अत्यधिक मादक पदार्थ सेवन, मानसिक रोग, सामाजिक परिवेशका कारण जबर्जस्ती करणीका घटना हुने गरेको जिल्लाका प्रहरी अधिकारीले बताएका छन् । जिल्लामा बलात्कारको घटना रोक्न विभिन्न किसिमका सचेतना कार्यक्रम सञ्चालन गर्दै आएपनि खासै प्रभावकारी नभएको स्वयम् प्रहरीले नै स्वीकार गरेका छन ।

तर गत वर्षको तुलनामा जबर्जस्ती करणीको घटनामा कमी आएको प्रहरीको दावी छ । आव ०७१– ७२ मा सिन्धुपाल्चोक जिल्लामा जबर्जस्ती करणी गरेको अभियोगमा १० वटा मुद्दा दर्ता भएका थिए ।

0 comments
Write Down Your Responses