कस्तो न्याय कानुनको ? अपराधनै नगरी २३ वर्ष लामो जेल जीवन बिताएर फर्केपछी ...
माघ २०, एजेन्सी । चीनका एक अपराध नै नगरेका बन्धी २३ वर्ष लामो जेल जिवन विताएर घर फर्केका छन् । चीनमा सन् १९९२ मा घरमा आगो लगाएको आरोपमा चेन नाम गरेका युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।
उक्त घटनामा १ जनाको मृत्यु भएको थियो । चेनलाई हत्या र आगजनीको आरोपमा २३ वर्ष जेल सजाय सुनाइएको थियो ।
मंगलबार उनी जेलबाट रिहाई भएसँग उनको गृहनगर चेंगदू फर्केपछि उनका करिब २ दर्जन साथीसंगी भेला भएका थिए । चेनका एक पुराने मित्रका अनुसार सोझो र सिधा चेनलाई प्रहरीले फसाएको र फासीको सजाए सुनाए पनि प्रमाण नभेटेपछि २३ वर्षको सजायमा घटेको हो । जुन सजाय उनले जेलमा दिइएको यातना सहन नसकेर कवुल गरेको चीनिया समाचार संस्थाहरुले लेखेका छन् ।



0 comments
Write Down Your Responses