• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
» पाेखराकाे फेवातालमा प्याराग्लाइडिङ दुर्घटना
पाेखराकाे फेवातालमा प्याराग्लाइडिङ दुर्घटना

फागुन १८, पोखरा । नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा यहाँ सञ्चालित प्याराग्लाइडिङ प्रि वल्र्ड कप प्रतियोगितामा सहभागी हुने क्रममा आज दुर्घटनामा परेका सबै पाइलटको सकुशल उद्धार भएको छ । प्रतियोगितामा सहभागीमध्ये अवतरण गर्ने क्रममा सात जना पोखराको फेवातालमा परेको र एक जना अर्मलाको जङ्गलको रुखमा अल्झिन पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक गोपाल चालिसेले बताउनुभयो । रुखमा अल्झिएका पाइलटलाई स्थानीयवासी तथा फेवातालमा परेका पाइलटलाई स्थानीय डुङ्गा व्यवसायी तथा सुरक्षाकर्मीले उद्धार गरेका थिए । अवतरण गर्ने क्रममा अकस्मात् चलेको हावाहुरीका कारण दुर्घटना हुन गएको प्रहरीले जनाएको छ ।

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State