• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
» प्रदीपजंग पाण्डेका दुई छोरालाई पक्रियो प्रहरीले
प्रदीपजंग पाण्डेका दुई छोरालाई पक्रियो प्रहरीले

फागुुन २१, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेका दुई छोरालाई कालोबजारीको आरोपमा पक्राउ गरेको छ । लोमस फर्माक्युटिकल्सबाट औषधीमा चर्को कालोबजारी गरेको अभियोगमा प्रहरीले पाण्डेका छोराहरु प्रज्वलजंग पाण्डे र प्रवलजंग पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कालोबजारीको उजुरी परेपछि महानगरिय प्रहरी परिसर काठमाडौको टोलीले शुक्रबार दिउँसो छापा मारेर पाण्डे दाजुभाईलाई पक्राउ गरिएको महानगरिस प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाले बताएका छन् । प्रहरीले हात्तीसारमा रहेको देउरारी जनता फर्माक्युटिकलमा पनि छापा मारेर त्यसको सञ्चालक हरिभक्त शर्मालाई पक्राउ गरेको छ ।

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State